१२ घन्टाभित्र जिल्ला छाड्न चितवनका एसपीलाई निर्देशन


प्रदेश–३ प्रहरीले चितवनका प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर मल्ललाई १२ घन्टाभित्र जिल्ला छाड्न निर्देशन दिएको छ ।



सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ३ नम्बर प्रदेश प्रहरी कार्यालयले एसपी मल्ललाई १२ घन्टाभित्र सरुवा भएको कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको हो ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । उनको स्थानमा एसपी गंगा पन्तलाई पठाइएको छ ।




प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो।



सम्बन्धित
Loading...