समाचार नेकपा सचिवालय वैठक बिना निष्कर्श टुंगियो, शुक्रबार बिहान फेरि बस्ने




बिहीबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक बिना निष्कर्श टुंगिएको छ । वैठकबाट मुख्यतः सभामुख छनोट गर्ने तथा राष्ट्रिय सभा सदस्य चुनावका लागि उम्मेदवार टुंगो लगाउने कार्यक्रम थियो ।

तर, बिहीबारको वैठक बिना निष्कर्श टुंगिएपछि शुक्रबार बिहान पुनः वैठक बस्ने भएको छ ।




प्रधानमन्त्री निवास बालुवाटारमा बसेको वैठकमा आन्तरिक भागबन्डा नमिलेकै कारण कुनै निर्णय हुन सकेन । तत्कालिन माओवादीले सभामुख आफुले पाउनुपर्ने दाबी गरिरहेका कारण सभामुख चयनमा सकस भएको हो ।

शुक्रबार बिहान बस्ने वैठकबाट पनि सभामुख चयन नहुने सम्भावना रहेको छ । सो वैठकबाट ९ माघमा हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवारको भने टुंगो लाग्ने छ ।



सम्बन्धित
Loading...