मोटरसाईलक दुर्घटनामा एक महिलाको मृत्यु
दाङ, १८ पुस । मोटरसाईकल दुर्घटना हुँदा दाङमा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा माइती घर भएकी २४ बर्षीया पवित्रा डाँगीको मृत्यु भएको छ ।
डाँगी हाल तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक डम्मरबहादुर पालका अनुसार विहीवार बेलुका सवा ८ बजेतिर घोराहीवाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ८४२ नम्वरको मोटरसाईलक तुलसीपुरको बेलझुन्डिमा दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएकी थिइन ।
उनको उपचारको क्रममा राप्ती लाईभ केयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको प्रहरी प्रबक्ता पालले जानकारी दिए ।
स्रोतका अनुसार मृतक पवित्राका पति विदेशमा रहेको खुल्न आएको छ ।
मोटरसाईकल चालक तुलसीपुर ९ बेलुवा निवासी ४८ बर्षीय कुलबहादुर डाँगी सामान्ने घाइते भएका छन् । घाइते डाँगीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । यो खवर तयार पार्दै गर्दा मृतकको शव पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।