उदयपुरमा गाँजा सहित चार जना पक्राउ
उदयपुरका २ छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
उदयपुरको कटारी नगरपालिका–६ चुहाडेबाट लागुऔषध गाँजाको कारोबार गर्ने स्थानीय ४१ बर्षीय गेहेन्द्र भन्ने गंगा राई र देव कुमार राईलाई गाँजा सहित प्रहरीले पकाउ गरेको हो ।
घरमै भण्डारण गरी गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै त्रियुगा नगरपालिका–११ का १७ बर्षीय सन्देश राउत र त्रियुगा नगरपालिका–१० का १७ बर्षीय सुजन राउतलाई समेत लागुऔषध गाँजा सहित पक्राउ गरेको छ ।
गाँजा सहित पक्राउ परेका ४ जनाको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।