कानुङ मगर गुठमा बुद्धिबहादुर




कावासोती । कानुङ मगर गुठ कावासोती २ को पाँचौ अधिवेशन तथा पन्ध्रौं साधारण सभा शुक्रबार भएको छ । पुर्वी नवलपरासीको कावासोती २ पञ्चकन्या चोकमा गुठले अधिवेशन तथा साधारण सभा सम्पन्न गरेको हो ।
गुठका अध्यक्ष धन बहादुर राना मगर को अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी नरबहादुर ठाडा मगरको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी कार्यक्रममा विशेष अतिथि इन्द्र फाल मगरको रहेको थियो । कार्यक्रमको स्वागत मन्त्वय यान माया राना मगरले गरेका थिए भने कार्यक्रमको सञ्चालन ललिता सारु मगरले गरेका थिए ।
अधिवेशनले नयाँ समिति पनि गठन गरेको छ । जसमा अध्यक्ष बुद्धि बहादुर सारु मगर, उपाध्यक्ष यान माया राना मगर, सचिव पोखराम थापा मगर , सहसचिव ललिता सारु मगर र कोषाध्यक्षमा थम बहादुर गाहा मगर निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा जिमबहादुर राना मगर, निषा राना मगर सर्वसम्मतले निर्वाचित भएका छन् । त्यस्तै कानुङ मगर गुठको सल्लाहकार समितिमा संयोजक धनबहादुर राना मगर, नर बहादुर ठाडा मगर र इन्द्र फाल मगर निर्वाचित भएका छन् ।



सम्बन्धित
Loading...