क्रान्तिकारी पत्रकारको अभियान सुदुरपश्चिममा

महेन्द्रनगर । क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कमिटीले शनिवार (१९ गते) राष्ट्रियता स्वाधीनता आन्दोलनमा पत्रकारहरुको भुमिका बिषयक अन्तरक्रिया गर्ने तयारी गरेको छ ।
महासंघका प्रदेश संयोजक धनञ्जय अवस्थीका अनुसार महेन्द्रनगरमा हुने सो कार्यक्रममा बिभिन्न दल तथा बिभिन्न पत्रकार संघ संगठनका नेताहरुले सो बिषयमा धारणा राख्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य अनुकुल, प्रदेश सेक्रेटरी चिन्तन , क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रवि पाण्डे केन्द्रीय सदस्य दामोदर खनाल लगायतले विचार राख्ने कार्यक्रम रहेको जनाइएको छ । महासंघले राष्ट्रिय स्वाधीनताको पक्षमा अभियान संचालन गर्दै आएको छ ।