परिजात सामुदायिक वनको अध्यक्षमा भण्डारी



बर्दघाट (नवलपरासी) । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा रहेको पारिजात सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षम चुडामणि भण्डारी पुन निर्वाचित भएका छन् ।
शनिबार भएको सामुदायिक वनको २१ औँ बार्षिक साधारण सभा तथा अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी समितिको उपाध्यक्षमा आनन्द पुरी, सचिवमा कृष्णप्रसाद न्यौपाने, कोषधायक्षमा पवित्रा कुमारी रेग्मी र सह सचिवमा मञ्चु चालिसे निर्वाचत भएका छन् ।
समूहका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, समाजसेवी सरिता खनाल, बर्दघाट खानेपानीका अध्यक्ष ईन्द्र कुमार राना, समाजसेवी रुद्र प्रकाश उपाध्याय, सल्लाहकार ईन्द्र प्रसाद सापकोटा, नेपाली कांग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ, समाजसेवी विश्वप्रेम पाठक, कार्यदलका नेकपा प्रतिनिधि पुण्य प्रसाद पौडेल, कार्यदल नेपाली कांग्रेस प्रतिनिधि दामोदर जिसी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष भण्डारीले बार्षिक प्रगति प्रतिवेदन, लेखा समयोजक राधा देवी अधिकारलिे लेखा सुपरिवेक्षण सिमितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी कोषाध्यक्ष आनन्द पुरीले २४ लाख ८१ ह्जार ८ सय २० रुपिया बराबरको आर्थिक आय व्यय विवरण प्रस्तुत गरेका थिए । बर्दघाटको वडा नम्बर ४, ६, १२, १३ र सरावलको ६ र ७ कार्य क्षेत्र रहेको यस वनमा ३ हजार ८ सय ५६ घरधुरीका उपभोक्ता रहेको छ भने ४ सय ७ दशमलव १५ हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको छ ।
कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद न्यौपानेले गरेका थिए ।



सम्बन्धित
Loading...