प्रतिज्ञा महिला सहकारीको साधरण सभा


  • प्रेमचन्द रौनियार



त्रिवेणी (नवलपरासी) । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ मा रहेको प्रतिज्ञा महिला वचत तथा ऋण सहकारी संस्थाको १३ औं साधरण सभा भएको छ ।
संस्थाकी अध्यक्ष इन्द्रावती पजियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष अन्जु कुमारी चौधरी, न्याय समितिका सदस्य बन्धुप्रसाद वरई, अन्तर समूहका अध्यक्ष मानकुमारी चौधरी, हुलाक कार्यालय वेलाटारीका प्रमुख मनोज कुमार चौधरी, वडा नम्बर ९ का वडा सदस्य हरिराम पासी, स्थानीय संघ संस्थाका प्रतिनिधि र संस्थाका सदयहरुको सहभागिता रहेको थियो ।
उक्त साधारण सभामा संस्थाकी व्यस्थापक राधा पंजियारले आर्थिक वर्ष २०७५÷०७६ को ४९ लाख ५४ हजार २ सय १८ रुपैयाँको वार्षिक प्रतिवेदन तथा २०७६÷०७७ को ६५ लाख ७० हजार ५ सय ३५ रुपैयाँको कार्ययोजना प्रस्तुत गरेका थिए ।
संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ३९ हजार ८ सय ८५ रुपैयाँ नाफा गरेको कार्यक्रममा जानकारी गराइएको थियो । संस्थामा हालसम्म ४ सय ६३ जना सेयर सदस्य रहेका छन् ।
कार्यक्रमका गाउँपालिका उपाध्यक्ष अन्जुकुमारी चौधरीले सहकारीले महिलाहरुको जीवन स्तर उकास्नका लागि खेलेको भूमिकाको प्रशंशा गरेका थिए ।



सम्बन्धित
Loading...