नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशको अध्यक्षमा हरिजन तामाङ

कावासोती । कावासोतीमा नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशको प्रथम प्रादेशिक अधिवेशन भएको छ । दिपक वाइबा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहाकार मोहन गोले प्रमुख अथितीको रुपमा रहनु भएको थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका उपाध्यक्ष बेली तामाङ, कुमार घिसिङ्ग, अमिर मोक्तान, रामकृष्ण ब्लोन, रुपा योन्जन, सावित्री तामाङ लागयतले बोलेका थिए ।
शनिबार भएको प्रथम अधिवेशनबाट हरिजन तामाङको अध्यक्षतामा ११ नयाँ कार्यसमिति चयन भएका छन् ।
जसको उपाध्यक्षमा राम बहादुर तामाङ, महिला उपाध्यक्षमा सतिमाया तामाङ, सचिवमा सुन्दर तामाङ, सहसचिवमा विर सुब्बा तामाङ, कोषाध्यक्षमा निरुता तामाङ चयन भएका छन् भने सदस्यहरुमा कमला तामाङ, राम बम्जन तामाङ, विरेन्द्र तामाङ, सूर्य बहादुर तामाङ र तेजकुमारी तामाङ चयन भएका छन् ।