कावासोतीमा मृत गैंडा फेला
- शोभा जि.सी. –

कावासोती । पूर्वी नवलपरासीको कावासोती १० रतौलमा आइतबार बिहान एउटा गैडा मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी ६÷७ वर्षको गैंडा कावासोती १० रतौलको मोहनीलाल पंथीको तोरी बारीमा आइतबार विहान मृत अवस्थामा भेटिएको जानकारी आएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिए ।
स्थानीयले बिहान गैंडा देखेर हल्लाखल्ला गर्दा समेत गैंडा नचलेपछि गैंडा मरेको पत्ता लागेको हो ।
गैडा मर्नुको कारण आधिकारी रुपमा थाहा नभएकोे लामीचौर वन उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौड्याले जानकारी दिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटना स्थललाई सुरक्षाकर्मीले सुरक्षा दिएर राखेको छ ।