२४ गतेसम्म नारायणगढ मुग्लिन सडक खण्ड ४ घण्टा बन्द हुने 




चितवन । पहिराे सफा गर्न अझै दुई दिन समय लाग्ने भएकाेले निर्माणाधिन नारायणगढ -मुग्लिन सडक खन्ड थप दुई दिन दैनिक ४ घण्टा बन्द हुने भएकाे छ ।

निर्माणाधिन नारायणगढ -मुग्लिन सडक खण्ड अन्तर्गत टोपे खोलाको पहिरो  सफा गर्नको लागि थप २ दिन लाग्ने भएकोले पुस २३ र २४ गते  विहान ११:०० देखी १५:०० बजे सम्म उक्त स्थानमा सवारी आवागमनमा रोक लगाईएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले जनाएकाे छ।



सम्बन्धित
Loading...