बर्दघाट नगरपालिकाद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण




बर्दघाट (नवलपरासी) । पश्चिम नवलपराससीको बर्दघाट नगरपालिकाले जाडोबाट जोगिन नगर भित्र रहेका विद्यालयका विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ ।

यसैबीच बर्दघाट नगरपालिकाले वडा नम्बर ४ मा अवस्थित नवजीवन माध्यमिक विद्यालय बाढी पिडितका विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ ।




विद्यालयका ब्यवथापन समितिका अध्यक्ष मञ्जु चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका गरिब तथा विपन्न बालबालिकाहरु गरि ६७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर उपप्रमुख माया देवी पौडेल, बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ उपाध्याय, बर्दघाट नगरपालिकाका नगर शिक्षा प्रमुख इन्द्र कुमार कुवर लगायतले बोलेका थिए ।

बर्दघाट नगरपालिकले नगर भित्रका ३३ सामुदायिक विद्यालय र २ मदरसा गरी ३५ वटा सरकारी विद्यालयमा जाडो मौसमलाई लक्षित गरि विपन्न वर्गका छात्र छात्राहरुलाई न्यानो कपडा उनीको स्वीटर र टोपी वितरण गर्न लागिएको हो । सो अभियानमा करिब ५ लाखको लागतमा नगर भित्रका एक हजार विद्यार्थीहरुलाई न्यो कपडा वितरण गर्ने योजना रहेको बर्दघाट नगर शिक्षा अधिकृत इन्द्र बहादुर कुवरले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक मेघराज अधिकारीले गरेका थिए ।

 



सम्बन्धित
Loading...