देवचुलीमा पनि खुल्याे किसानकाे आफ्नै डेरी
- नारायण पंगेनी –
पूर्वी नवलपरासीकाे देवचुली नगरपालिकास्थित रजहर बजारमा किसान आफैले दूध डेरी सञ्चालनमा ल्याएका छन् । देवचुली नगरपालिकाका ब्यवसायिक पशुपालक किसानहरुले देवचुली दुग्ध डेरी सञ्चालनमा ल्याएका हुन् ।
रजहरस्थित पशुपालन ब्यवसायी हरी न्याैपानेकाे अग्रसरतामा देवचुली दूध डेरी सञ्चालनमा ल्याइएकाे हाे । न्याैपानेले रजहरमा वर्षाैंदेखि पशुपालन ब्यवसाय गर्दै आएका छन् । उनकाे फर्ममा डेढ सयभन्दा बढी भैंसी रहेकाे छ ।
छिट्टै आफ्नाे फर्ममा ५ सय भन्दा बढी भैंसी बनाउने र रजहरमा खपत नभएकाे दूध जिल्लाकाे अन्य बजारमा बिक्री गरिने न्याैपानेले बताए ।
यसअघि कावासाेतीका पशुपालक ब्यवसायीहरुले कावासाेतीमा आफ्नै खाटी दूध डेरी नामक डेरी सञ्चालन गर्दै आएका छन् । आफुहरु बिचाैलियाकाे मारमा परेकाे भन्दै किसान आफैले उपभोक्तालाई शुद्ध दूध बिक्री गर्न लागेपछि अन्य डेरी मारमा परेका छन् ।
किसान आफैैेलेे दूध डेरी सञ्चालन गर्दा विचाैलियाले खाने नाफा किसानले नै पाउँदछन्।
