भारतीय भूपू शैनिकका विधवालाई पेन्सन दिन माग
- कमला राना मगर

भु.पु. सैनीक संघ नेपालद्वारा भारतीय भुतपुर्व सैनिकहरुले पाउनुपर्ने विभिन्न सुविधा सहीतको ५ बुंदे माग समेटिएको ज्ञापन पत्र गोर्खा रेगरुटिङ डिपो कुडांघाट भारतमा बुझाइएको छ ।
भुतपुर्व सैनिक संघका केन्द्रीय अध्यक्ष कर्णेल धन बाहादुर मास्की राना मगर र केन्द्रीय सदस्य प्रेम बाहादुर राना मगरले सो ज्ञापन पत्र विग्रेडीएर अजय पासवाला समक्ष पेश गरेका हुन् ।
ज्ञापन पत्रमा नेपालमा रहेका भारतिय भुतपुर्व सैनिकका पन्ध्र हजार विधवालाइ पेन्सन दिनुपर्ने, पुर्व सैनिक र परीवारलाइ सी. एस. डी. सुविधा दिलाउनुपर्ने, भारतमा निधन भएका नेपाली सैनिकहरुको शव अन्तिम संस्कारको लागी नेपालमा ल्याउन पाउनुपर्ने, पुर्व गोर्खा सैनिकहरुको युद्ध स्मारक नेपालमै बनाउनुपर्ने र नेपालमा बसोबास गर्ने गोर्खा सैनिकहरुको लागी सेना न्यायालय गोरखपुरमा स्थापना गर्नुपर्ने माग उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्नुहुदै भारतिय सैनिक विग्रीडीएर अजय पासवालालले भुपु सैनिकहरुको माग पुरा गर्नको लागी आफुले पहल गर्ने आश्वासन दिनुभएको केन्द्रीय अध्यक्ष कर्णेल धन बाहादुर मास्की राना मगरले जानकारी दिए ।
साथै पेन्सनको लागि भु.पु. सैनिक विधवाहरुको नामावली छिटो भन्दा छिटो भारतीय सेना मुख्यालयमा पठाउने तथा नेपालमा युद्ध स्मारक स्थापनाको लागी ५० लाख भन्दा बढी रकम प्रदान गर्नको लागी पहल गर्ने समेत विग्रीडीएर पासवालाले प्रतिवद्धता जनाएको अध्यक्ष रानाले बताए ।
यसैगरी ज्ञापन पत्र केन्द्रीय अध्यक्ष कर्णेल धन बाहादुर मास्की राना मगर र कर्णेल धन बाहादुर थापाले नयां दिल्ली भारत स्थीत सैनिक मुख्यालयका प्रधान सेनापति विपिन रावत समक्ष समेत पेश गरेका छन् ।
ज्ञापन पत्रमा उल्लेखित भु.पु. सैनिकहरुको माग पुरा गर्नको लागी प्रधान सेनापति रावतले मातहत निकायलाई निर्देशन दिएको जानकारी गराइएको थियो ।