दाङका सडक डिभिजन प्रमुख चा‌ैधरीलाई कालाे माेसाे र जुत्ताकाे माला


दाङमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीमाथि दुर्व्यवहार गरिएको छ।



चौधरीलाई सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेका हुन्।

विप्लव नेतृत्वको समूहका कार्यकर्ताले आइतबार चौधरीको कार्यकक्षमै पसेर मोसो दलेका हुन्। उनलाई जुत्ताको माला लगाई केश मुण्डन समेत गरेकाे छ ।



सम्बन्धित
Loading...