कावासोतीका स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाइ

कावासोती । कावासोती नगरपालिका भित्रका तीन वटा स्वास्थ्य चौकीमा स्वास्थ्य सस्थाबाट उपलव्ध परिवार नियोजन लगायत हालै संचालित गर्भ निरोधन सुइ सेवा सम्वन्धी सार्वजनिक सुनुवाई गरिएको छ ।
कावासोती नगरपालिका अन्तर्गतका पिठौली, शिवमन्दिर र अग्यौली स्वास्थ्य चौकीमा सर्वाजनिक सुनुवाई गरिएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाको अगुवाइमा समाजिक विकाश मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको समन्वय, युकेएआइडिको सहयोगमा आईपास नेपालको प्राविधिक सहयोगमा नवलपुर जिल्लाका ७ स्वास्थ्य चौकीमार्फत सायना प्रेस गर्व निरोधक ३ महिने सुइ उपल्वध गराइएकोमा त्यसको प्रभावकारीताका वारेमा सेवाग्राहीसंग अन्तक्रिया गरिएको हो ।
सायना प्रेसको स्वीकार्यताको बारेमा जनचेतना अभिवृद्धि गर्नका लागि पहिलो चरणमा नेपालको सिन्धुली र नवलपुर जिल्लामा यो सेवा सञ्चालन गरिएको छ । स्वास्थ्य संस्थाबाट उपलब्ध परिवार नियोजन लगायत हालै संचालित गर्भ निरोधकका तीन महिने अस्थायी सुइ सायना प्रेस सेवाका विषयमा भएको सार्वजनिक सुनुवाईमा महिला दिदीबहिनीहरुले आफ्ना भनाईहरु राखेका थिए ।
मंगलवार अग्यौलि स्वास्थ्य चौकी कावासोती १४ मा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वोल्दै समाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य विभागका प्रमुख डा. राम वाहादुर केसीले प्रजन्न अधिकारका वारेमा महिलाहरु स्वयम सचेत हुनु पर्ने बताए। वच्चाको जन्मान्तर कायम राख्दै अनिच्छीत गर्व रोक्नका लागि अहिले धेरै सुविधाहरु रहेकाले आफुलाइ उपयुक्त हुने सेवा प्रयोग गरि आफ्नो संग संगै वालवालिकाको समेत स्वास्थ्यमा ख्याल गर्न आग्रह गरे ।
त्यसैगरी सामाजिक विकास मन्त्रालय स्वास्थ्य विभाग निति निर्माण शाखा प्रमुख शम्भु ज्ञवालीले सरकारी स्वास्थ्य चौकी मार्फत उपलव्ध निशुल्क सेवाहरु उपयोग गर्न आग्रह गरे ।