सुकुम्बासी बस्तीका ७५ घरलाई न्यानो कपडा वितरण (भिडियो सहित)
https://youtu.be/E3K2uOtXfPo
कावासोती । कावासोती र देवचुलीको युवा व्यवसायीहरुले पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ को सुकुम्बासी वस्तीका ७५ घरधुरी विपन्न परिवारलाई जाडाको न्यानो कपडा सिरक वितरण गरेको छ ।
कावासोती नगरपालिका वडा न ३ का वडाध्यक्ष अमृत कुमार श्रेष्ठको रोहबरमा कावासोती र देवचुलीका युवा व्यवसायीहरुले ७५ घरधुरी परिवारलाई सिरक र एक जना शारीरिक रुपमा असक्त भएका महिलालाई नगद सहयोग गरेको युवा व्यवसायी विशाल तिवारीले बताए ।
जाडो बढी रहँदा सुकुम्बासी बस्तीबाट सहयोगको लागी अनुरोध आएकपछि आफूहरुले सहयोगको लागी अपिल गरेर सबैको सहयोगमा कार्यक्रम गरिएको अभियान्ता प्रबिन सापकोटाले बताए ।

अभियानका संयोजक किरण भुर्तेलले संचालन गरेको कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले युवाहरुको कामको प्रशंसा गर्दै युवाहरु त्यसै समय व्यथित गरेर दिन विताउनु भन्दा यस्ता समाजसेवामा लाग्नु अत्यन्तै राम्रो हुने बताए ।
कार्यक्रममा भण्डारी हार्डवेयरका संचालक महेन्द्र भण्डरी, सिद्धार्थ सुनचाँदी पसलका संचालक रबिन्द्र गहतराज, सुन्दर लम्साल, केशर थापा, नवलपुर जेसिजका अध्यक्ष नारायण न्यौपाने, ओमकार घिमिरे, दिलिप तिमिल्सिना, चिरन पान्डे, बेट्टु रानाभाट, राजकुमार श्रेष्ठ, नवराज भण्डारी, केशव खत्री लगायतको सहभागिता रहेको थियो ।
