धनगढीमा ग्याङ फाइटः कैलाली अस्पताल तोडफोड




धनगढीमा बुधवार राति युवाहरूबिच ग्याङ फाइट भएको छ । राति करिब साढे १० बजे धनगढी उप–महानगरपालिका वडा नम्बर १ अस्पताल लाइनमा युवाहरूको समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार युवाहरूको एक समूहले धनगढी उप–महानगरपालिका वडा नम्वर १ अदालत रोड बस्ने २३ वर्षीय समिर तियालीमाथि सांघातिक आक्रमण गरेपछि झडप सुरु भएको हो ।




आक्रमणपछि तियाली घाइते भएका छन् । उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

झडपमा संलग्न दुई जनालाई बुधबार राति नै पक्राउ गरिएको उनले बताए । धनगढी उप–महानगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीय चन्द्र भाट र २१ वर्षीय शुभम शाहलाई पक्राउ गरिएको उनले बताए ।

झडपका क्रममा धनगढीको मुख्य सडकमै रहेको कैलाली अस्पतालमा पनि तोडफोड गरिएको छ । अस्पतालका सञ्चालक जनकराज जोशीले झडपकै क्रममा ढुङगामुडा गरेपछि अस्पतालमा पनि क्षति भएको जानकारी दिए ।

प्रनाउ बस्नेतले तियालीमाथि आक्रमण गर्ने क्रममा अस्पतालमा ढुंगा लागेको हुनसक्ने बताए । घटनामा संग्लन थप २ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...