बाबुको हत्या आरोपमा परिवारका सबै जनालाई कैद सजायको फैसला




चितवन : चितवन जिल्ला अदालतले विसं ०७४ साउनमा कालिका नगरपालिका–२, पदमपुरका ४८ वर्षीय बलराम दुलालको हत्याको आरोपमा छोरा, दुई छोरी, ज्वाइँ र श्रीमतीलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ । 

जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले मृतक बलरामका छोरा अञ्जन दुलाललाई जन्मकैदको सजाय तोकेको छ भने दुई छोरीहरु अञ्जना र अप्सना तथा श्रीमती बेलकुमारी र ज्वाइँ टेकबहादुरलाई जनही दस/दस वर्षको कैद सजायको फैसला भएको हो ।

मृतकका दाजु नन्दप्रसाद दुलालले सम्पत्ति विवादमा परिवारका सबै सदस्य मिलेर हत्या गरेको भन्दै कर्तव्य ज्यानअन्तर्गत किटानी जाहेरी दिएका थिए । मिर्गौला रोगी बलराम छोरीज्वाइँ र छोरासँगै बसेका थिए ।

उनको अस्वाभाविक रुपमा हत्या भएपछि प्रहरीले किटानी जाहेरीका आधारमा बलरामका छोरा र ज्वाइँलाई पक्राउ गरेको थियो । चितवन अदालतमा हत्या आरोपमा परिवारका सबै सदस्यलाई कैद सजायको फैसला भएको यो पहिलोपटक हो



सम्बन्धित
Loading...