नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्यो, दुईतर्फी बाटो अवरुद्ध





चितवन, माघ ७ । नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ तुइन खोला (३ नम्बर पुल नजिकै) मा आज (मंगलबार) राती ९ः३० बजेको समयमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सडकमा करिव ४०/५० मिटर पहिरो खसेकोले अबरुद्ध बाटो खुलाउन करिव ६ घण्टा लाग्ने जनाईएको छ ।




बाटो खुलाउन ३ वटा जेसिबी प्रयोग गरिएको छ । अहिले बाटो खुलाउने प्रयास भइरहेको छ ।




सम्बन्धित
Loading...