हुम्लामा सिजनल फ्लु, पाँच जनाको मृत्यु


 



मासिधारा गाउँमा सिजनल फ्लुका कारण पाँच जनाको ज्यान गएको छ । गत २६ पुसदेखि १० माघसम्म रुघाखोकी र ज्वरोका कारण मासिधारामा पाँच जनाको मृत्यु भएको हो ।




मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ का ४५ वर्षीय मदन शाह, ५० वर्षीय जनुकला शाही, ६५ वर्षका दतिराम सार्की, ६० वर्षकी गोरी सार्की र ६० वर्षकी प्याउरी शाही रहेका छन् ।

चंखेली गाउँपालिका स्वास्थ्य शाखाका संयोजक कालीबहादुर बुढाले गाउँमा रुघाखोकीका बिरामी बढेको बताए । ‘अहिले सिजनल फ्लुका बिरामी निकै आउने गरेका छन्,’ उनले भने, ‘बृद्धबृद्धाहरुलाई यसले निकै असर गरेको छ ।’

ज्वरो र रुघाखोकीका बिरामीले गाउँ भरिएको चंखेली गाउँपालिका–६ मासिधाराका नरबहादुर शाहीले बताए । ‘मासिधारा गाउँमा रुघाखोकी र ज्वरोका बिरामी नभएको घर छैन,’ उनले भने, ‘यहाँ गाउँका चिसोका कारणले ५ जनाको मृत्यु भइसकेको छ ।’



सम्बन्धित
Loading...