हुप्सेकाेटका बासिन्दाद्वारा प्रशासनमा धर्ना




नवलपुर । पूर्वी नवलपरासीकाे हुप्सेकाेटका बासिन्दाले अाज जिल्ला प्रशासन कार्यलय अगाडि धर्ना दिएका छन् ।

उनीहरूले हुप्सेकाेट दुर्घटनाका मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने, घाईतेका परिवारलाई उपचारकाे व्यवस्था गर्नु पर्ने, दाेषीलाई कारवाही गर्नु पर्ने माग राख्दै धर्ना दिएका छन् ।




हुप्सेकाेटका प्रशासन शाखाका अधिकृत शिव सुवेदीले पालिकाकाे गाडी लगेर सिक्ने क्रममा सवारी दुर्घटना गराई ५ बर्षीय बालक दीपु गाहाकाे निधन भएकाे थियाे ।

दुर्घटनामा अन्य ३ जना घाईते भएका छन् । दुर्घटनाका मुख्य दाेषी सुवेदी फरार छन् ।



सम्बन्धित
Loading...