साढे २ किलो चरेशसहित दाङमा रुकुमका ३ युवा पक्राउ



दाङ, माघ १३ । रुकुम पश्चिमका तीनजना युवालाई प्रतिवन्धित लागु औषध चरेशसहित दाङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम मुसिकोट नगरपालिका वडा नं. २ रातामाटा निवासी २१ बर्षीय अनिल पुन मगर, आठविसकोट नगरपालिका वडा नं. ९ बस्ने २८ बर्षीय भिमबहादुर सार्की र मुसिकोट नगरपालिका वडा नं. ६ बस्ने ४० बर्षीय बाहादुर बोहरा रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको साथवाट साढे २ किलो चरेश बरामद भएको छ ।



चोकोफोनको खोलमा लुकाएर राखेको चरेशको कारोवारो गर्न दाङ झरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय घोराहीवाट साधा पोशाकमा खटिएका प्रहरी अधिकारीले पक्राउ गरेका हुन ।

उनीहरु तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित बबई पुल नजिकै बाट सोमवार बेलुका ५ बजेतिर पक्राउ परेको दाङ जिल्लाका प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको थुनामा राखेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।



सम्बन्धित
Loading...