भारतीय गणतन्त्र दिवसमा मोदी विरुद्ध अमेरिकामा प्रदर्शन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अमेरिकामा रहेका भारतीयहरुले प्रदर्शन गरेका छन् ।
हजारौंको संख्यामा रहेका भारतीय समुदायका अमेरिकीहरुको प्रदर्शनमा नागरिक समाज तथा अधिकारकर्मी पनि छन् । प्रदर्शनकारीले मोदीको नीतिविरुद्ध चर्का नारावाजी लगाएका थिए ।
भारतीय गणतन्त्र दिवसकै दिन उनीहरुले न्युयोर्कस्थित भारतीय दूतावास अगाडि नै प्रदर्शन गरेका हुन् ।
भारतमा ल्याइएको नागरिकता संशोधन कानुनको उनीहरुले विरोध गरेका थिए । २०१९ मा नै भारत सरकारले नागरिकता कानुन ल्याउँदा आसाम, गुवाहटी लगायत क्षेत्रमा दसौं लाख नागरिकले विरोध जनाएका थिए ।