बालमैत्री नगरपालिकामै ४६ जना बालबालिकामा कुपोषण

देवचुली (नवलपरासी) । बालमैत्री नगरपालिका पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ४६ जना बालबालिकामा कुपोषण भएको पाइएको छ ।
देवचुली नगरपालिका नेपालकै दोस्रो बालमैत्री नगरपालिका हो । नगरपालिका भित्र ४ सय ८७ जना बालबालिकामा स्वास्थ्य परिक्षण गर्दा ४६ जनामा कुपोषण भएको पाइएको सुआहारा नवलपरासीका जिल्ला संयोजक कृष्ण गुरुङले बताए । ४६ जना मध्ये ६ जनामा शीघ्र कुपोषण पाइएको छ भने ४० जनामा मध्यम खालको कुपोषण पाइएको गुरुङले जानकारी दिए ।
सोमबार देवचुली नगरपालिकाका बालबालिकामा कुपोषण परिक्षण गरिएको थियो । मंगलबार आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार बालबालिकाहरुले बढी मात्रामा जंगफुड खाने र अभिभावकहरुले बालबालिकाको खानपानमा ध्यान नदिने गर्दा यस्तो भएको पाइएको हो ।
देवचुली नगरपालिका र सुआहाराले सोमबार नगरभित्रका बालवालिकामा संयुक्त रुपमा कुपोषण परीषण गरिएको थियो ।
यसैबीच मंगलबार भएको एकीकृत तथा पोषण कार्यक्रमको दीगोपन सुनिश्चितता गोष्ठीमा देवचुली नगरपालिकालाई कुपोषण मुक्त गराउने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
उनले देवचुली नगरपालिका भित्रका सबैलाई स्वास्थ्य जीवनशैली निर्माण गर्न नगरपालिकाले यथासक्य कार्यक्रमहरुको आयोजना गर्ने बताए ।