हुप्सेकोटको लगाइएको ताला खुल्यो


  • रामकुमार श्रेष्ठ –


कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा स्थानीयले सवारी दुर्घटनाको विषयलाई लिएर लगाइदिएको ताला बुधबार खोलिदिएका छन् ।

९ दिनपछि गाउँपालिकामा लागेको ताला खुलेको हो । यस अघि स्थानीयले घटनाको अनुसन्धानलाई सहज होस भने वडा कार्यालयहरुको ताला खोलिदिए पनि गाउँपालिकामा लागेको ताला भने खुलेको थिएन ।




आन्दोलित स्थानीयसँग जिल्ला प्रशासन कार्यालय नवलपुरले सहमतिको लागि छलफलको प्रयोग गरेपनि प्रशासनसँग स्थानीयले छलफल गर्न चाहेन ।

स्थानीयले पीडितका परिवारलाई क्षतिपूर्ति र राहत दिनु पर्ने, दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने माग राखेका छन् । उनीहरुले दोषीलाई तत्काल कानुनी दायरामा नल्याइए पुन आन्दोलनमा उत्रिने चेतावनी दिएको स्थानीय श्याम गाहाले बताए ।

गाउँपालिकामा लामो समयसम्म तालाबन्दी गर्दा आमसर्वसाधारण मर्कामा पर्ने भन्दै ताला खोलिदिएको उनीहरुले जनाएका छन् ।

हुप्सेकोट गाउँपालिकाका प्रशासन शाखाका अधिकृत शिव सुवेदीले गाडी सिक्ने क्रममा गाउँपालिकाको गाडीले ठक्कर दिंदा एक जना बालकको मृत्यु भएको र ३ जना घाइते भएको विषयलाई लिएर स्थानीय आन्दोलित भएका हुन् ।

शिव सुवेदी अझै फरार छन् भने घटनाले राजनीतिक मोड लिन थालेको छ । नेकपा र नेपाली काँग्रेसबीच घटनाको पक्ष र विपक्ष भएर देखिने थालेको छ ।



सम्बन्धित
Loading...