श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु


बागलुङको तमानखोलामा घरायसी विवादपछि श्रीमान्–श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–१ बोङगादोभानका ६४ वर्षीय रविलाल बिकलाई श्रीमती ६० वर्षीय जमुनाले कुटेकी थिइन् । कुट्दै गर्दा बुधबार राति घरको गार्होमा ठोक्किाएर घटनास्थलमै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।



घरायासी विवादमा झगडा भएपछि श्रीमतीले धकेल्दा रविलालको टाउकाे घरको भित्तामा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । घटनापछि प्रहरीले मृतककी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।



सम्बन्धित
Loading...