गौतमबुद्ध रंगशालालाई आर्थिक सहयोग जुटाउन गरिने धनधान्याचलकाे तयारी अन्तिम चरणमा
चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन गर्न लागिएको वृहत धनधान्याचल महोत्सव–२०७६ को तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव मूल आयोजक समितिले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माण परिसरमा नै वृहत धनधान्याचल महोत्सव–२०७६ आयोजना गर्न लागिएको हो । जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको रंगशालालाई थप आर्थिक सहयोग जुटाउन र क्रिकेट रंगशाला निर्माणमा सबैलाई अपनत्व हुने गरी माहोल बनाउन महोत्सव आयोजना गरिएको प्रदेश सांसदसमेत रहेका महोत्सव संयोजक विजय सुवेदीले जानकारी दिए ।
महायज्ञमा पण्डित दीनबन्धु पोखरेलबाट कथा वाचन हुनेछ । बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा दीप प्रज्वलन गरेर उद्घाटन गर्ने कार्यक्रम रहेकाेे छ ।
