कोरोना भाइरसको संक्रमण: ३ सय ४ जनाको मृत्यु, १४ हजार बढी संक्रमित




काठमाडौं- चीनको हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ ।

शनिबारसम्म कम्तीमा ३०४ जनाको ज्यान गइसकेको छ । हुवेइमा मात्र २९४ जनाको ज्यान गएको छ । शनिबार मात्रै पनि हुवेइमा ४५ भन्दा बढीको ज्यान गएको थियो ।




अहिलेसम्म १४ हजार ३८० जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा शनिबार मात्रै पनि २ हजार ५९० जना संक्रमित फेला परिसकेका छन् ।

चीन बाहिर एक सय जनामा संक्रमण फेला परेको छ । पछिल्ला दिनमा दुई दर्जन देशमध्ये बेलायत, अमेरिका, रुस र जर्मनीमा नयाँ बिरामी देखापरेका छन् ।

नेपालमा अहिलेसम्म १ जनामात्र संक्रमित भेटिएका छन् ।



सम्बन्धित
Loading...