नातिनी बलात्कार गर्नेलाई दुई बर्ष जेल र २० हजार जरिवाना
भरतपुर । १० र ११ वर्षीया बालिकालाई ०७५ मंसिर २४ गते नाताले हजुरबुबा पर्ने वर्ष ६० का राप्ती नगरपालिका–१, गड्यौली बस्ने सूर्य चेपाङले बलात्कार गरेको आरोपको मुद्दामा जिल्ला अदालत चितवनका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले दुई वर्ष कैद र २० हजार क्षतिपूर्ति हुने फैसला गरेकोे छ ।
आरोपितलाई मंसिर २९ गते पक्राउ गरिएको थियो । २९ गते नै उनीविरूद्ध इलाका प्रहरी कार्यालय खैरहनीमा पीडित बालिकाको बुबा विकास चेपाङले जाहेरी दिएका थिए । बालिकाको पुस ३ गते स्वास्थ्य परीक्षण भएको थियो ।
१५ वर्षीया बालिकालाई ०७६ माघ १८ गते स्थायी ठेगाना बारा जिल्ला गढीमाई नगरपालिका–२ बस्ने वर्ष ३४ का रूद्र क्षेत्रीले विवाह गर्छु भनी भरतपुर महानगरपालिका–११ मा रहेको डेरा कोठामा लगी बलात्कार गरेको भन्दै पीडितकी आमाले माघ २० गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् ।
