पाँचौँ दिनसम्म आठ करोड सङ्कलन




भरतपुर । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी धनधान्याचल महोत्सवको पाँचौँ दिन बिहीबारसम्म आठ करोड रूपैयाँ सङ्कलन भएको छ । जिल्ला समन्वय समिति चितवनले मात्रै २ करोड २२ लाख २२ हजार २२२ रूपैयाँ सहयोग गरेको छ ।

रङ्गशाला निर्माण सबैको दायित्व भएको भन्दै समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले सो सहयोग घोषणा गरेका हुन् ।




महोत्सवमा बिहीबारमात्रै करिब पाँच करोड आर्थिक सङ्कलन भएको छ । बिहीबारसम्म आठ करोड रूपैयाँको हाराहारीमा रकम जम्मा भएको संयोजक विजय सुवेदीले जानकारी दिए । साथै दिनप्रतिदिन दाताहरुको सङ्ख्या बढ्दै गएको र महोत्सवमा सहभागी हुने र सहयोग गर्नेको उत्साहजनक सहभागिता रहेको मूल आयोजक समितिका संयोजक सुवेदीले बताए ।



सम्बन्धित
Loading...