पहिले चेतावनी दिने डाक्टरकै मृत्यु ,कोरोनाभारइसबाट मृतककाे संख्या ६३८ पुग्याे


चीनमा नोवेल कोरोनाभारइसबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ।



चीनमा नोवेल कोरोनाभारइसबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ। शुक्रबार बिहानसम्म ६ सय ३८ जनाको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहान दिएको जानकारीअनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट चीनमा मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ । चीनबाहेक हङकङ र फिलिपिन्समा एक/एक जनाको मृत्यु भएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा मृत्यु भएकामध्ये ६ सय १८ जना हुबेई प्रान्तका मात्रै छन् । बिहीबार मात्रै ७३ जनाको र हुबेई प्रान्तमा मात्रै ६९ जनाको मृत्यु भएको आयोगले जनाएको छ ।

बिहीबार थप ३ हजार १ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ । बुधबार ७३ जनाको मृत्यु र थप ३ हजार ६ सय ९४ जनामा संक्रमण देखिएको छ। त्यस्तै १ हजार ५ सयभन्दा बढी जना उपचारपछि निको भएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।

शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार विश्वका २८ देशमा कोरोना भाइरस फैलिएको र ३१ हजारभन्दा बढी यसबाट संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संक्रमित कहाँ कति?
चीन– ६३६ मृत्यु, ३१,१६१ संक्रमित
हङकङ– १ मृत्यु, २४ संक्रमित
फिलिपिन्स– १ मृत्यु, ३ संक्रमित
जापान– ८६ संक्रमित
सिंगापुर– ३० संक्रमित
थाइल्यान्ड– २५ संक्रमित
दक्षिण कोरिया– २४ संक्रमित
ताइवान– १६ संक्रमित
अस्ट्रेलिया– १५ संक्रमित
मलेसिया– १४ संक्रमित
जर्मनी– १३ संक्रमित
भियतनाम– १२ संक्रमित
अमेरिका– १२ संक्रमित
मकाओ– १० संक्रमित
क्यानडा– ७ संक्रमित
फ्रान्स– ६ संक्रमित
यूएई– ५ संक्रमित
फिलिपिन्स– ३ संक्रमित
इटाली– ३ संक्रमित
भारत– ३ संक्रमित
बेलायत– ३ संक्रमित
रुस– २ संक्रमित
नेपाल– १ संक्रमित
स्विडेन– १ संक्रमित
स्पेन– १ संक्रमित
बेल्जियम– १ संक्रमित
श्रीलंका– १ संक्रमित
कम्बोडिया– १ संक्रमित
फिनल्यान्ड– १ संक्रमित

कोरोना भाइरसको पहिले चेतावनी दिने डाक्टरकै मृत्यु

कोरोनाभाइरसबारे पहिलोपटक चेतावनी दिने चिनियाँ डाक्टरको मृत्यु भएको छ । उनको शुक्रबार भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत ३४ वर्षीय लि वेन्लियाङलाई कोरोनाभाइरसले ज्यान लिएको हो । उनले आफ्ना सहकर्मीहरूलाई डिसेम्बर ३० मा भाइरस सङ्क्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए ।



सम्बन्धित
Loading...