नवलपुरमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा

कावासोती । जिल्ला अदालत नवलपुरले शुक्रबार नवलपुरका पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा जिल्ला अदालत नवलपुरका जिल्ला न्यायाधिष अर्जुन अधिकारीले नवलपुरमा जिल्ला अदालत स्थापना भएदेखि हालसम्म जिल्ला अदालतमा परेका मुद्दाका प्रकृति, अदालतले फैलासा गरेका मुद्दा लगायतका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा दिइएको जानकारी अनुसार जिल्ला अदालत नवलपुरमा गत आर्थिक बर्ष ०७६।०७७ मा चार सय ९४ वटा मुद्दा दर्ता भएकोमा २ सय ४ वटा सम्बन्ध विच्छेदको रहेको जानकारी गराइएको थियो ।
त्यसैगरी सम्बन्ध विच्छेद पछि सबैभन्दा बढी अंशबन्डा १ सय ३० र लागुऔषध मुद्दा ५५ दर्ता भएका छन् ।
त्यसैगरी जिल्ला अदालत नवलपुरमा जबरजस्ती करणीसम्बन्धी १२ वटा मुद्दा दर्ता भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा जिल्ला अदालतले कस्ता कस्ता सेवाहरु निशुल्क प्रदान गर्छ, कुन कुन मुद्दा कति दिनमा फैसला गर्छ भन्ने विषयमा पनि जानकारी गराइएको थियो ।
जिल्ला न्यायाधिष अर्जुन अधिकारीका अनुसार जिल्ला अदालत नवलपुरले कुनै पनि मुद्दा दर्ता भएको बढीमा डेढ बर्ष भित्र फछ्र्यौैट गरिसक्ने गरी लक्ष्या लिएर काम गरेको समेत जानकारी दिए । जिल्ला अदालत नवलपुर गत आर्थिक बर्षमा गण्डकी प्रदेशमै सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने र सबैभन्दा बढी मुद्दा मेलमिलाप गराउन जिल्ला अदालतमा समेत परेको थियो ।