राष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा कावासोतीका दुई खेलाडीलाई स्वर्ण पदक

कावासोती । चितवनको माडी नगरपालिकामा भएको तेक्वाण्डो प्रतियोगितामा कावासोतीका दुई जना खेलाडीले स्वर्ण पदक जितेका छन् ।
माडी नगरपालिका र माडी तेक्वाण्डो डोजाङ्गको आयोजनामा भएको राष्ट्रिय स्तरको तेक्वाण्डो प्रतियोगिताका कावासोतीका दुई जना खेलाडीले स्वर्ण पदक र एक जनाले सिल्भर पदक जित्न सफल भएका हुन् ।
प्रतियोगितामा ५१ केजी महिला समूह मनिषा घर्ती मगरले स्वण पदक जितेको कावासोती तेक्वाण्डो डोजाङ्गका प्रशिक्षक तेजबहादुर कुँवर क्षेत्रीले बताए ।
त्यसैगरी तुंम्सीतर्फ अन्जना थापा मगरले स्वर्ण पदक र ४२ केजी महिला समूहमा प्रियंका बाचे मगरले सिल्भर पदक जितेका छन् ।