झारफुक गर्ने बाहानामा १४ वर्षीया किशोरीमाथि बलात्कार




झारफुक गर्ने बाहानामा १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा कैलालीमा एक व्यक्ति पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१ सुखडबाट प्रहरीले स्थानीय ४५ वर्षीय हरिप्रसाद डगौरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार आँखामा समस्या भएपछि झारफुक गर्न पुगेकी बालिकामाथि डगौराले बलात्कार गरेको जाहेरीपछि पक्राउ गरिएको हो ।




सुरुमा निको पार्ने भन्दै डगौराले घोडाघोडी मन्दिर ल्याएछन्’, प्रहरी उपरीक्षक बस्नेतले भने, ‘नरिवल चढाउनु पर्ने भन्दै मन्दिर ल्याएका डगौराले घोडाघोडी ताल क्षेत्रमै रहेको जङ्गलमा लगेर बलात्कार गरेको पीडितको बयान छ ।’

२१ माघ मा करणी भए पनि ढिलो गरी जानकारी पाएको प्रहरीले शुक्रबार डगौरालाई पक्राउ गरेको हो । ‘२१ गते झारफुक गर्ने भन्दै लगेर बलात्कार गरेको जाहेरी आएपछि हामीले उसलाई पक्राउ गरेर जिल्ला चलान गरिसक्यौं’, इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले भने ।



सम्बन्धित
Loading...