भाले गैँडाको आक्रमणबाट पाँच महिनाको पोथी गैँडा मर्‍यो


चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो । मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिनुभयो ।



भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुनसक्ने उहाँले बताउनुभयो ।



सम्बन्धित
Loading...