पत्रकारलाई सूचनामा सहज पहुँच हुनेछः नवलपुर सिडियो 


 



कावासोती । पूर्वी नवलपरासी जिल्लामा नयाँ प्रमुख जिल्ला पिताम्बर घिमिरेले पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालय नवलपुरबाट सहज सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार नवलपुरका पत्रकारहरुसँग गरिएको परिचयात्मक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।




नवलपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको सरुवा पछि पिताम्बर घिमिरे नवलपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी भएर आएका हुन् ।

घिमिरे यस अघि नवलपुरमै इलाका प्रशासन कार्यालयमा प्रमुखको रुपमा कार्यगरिसकेका अधिकारी हुन् ।

उनले नवलपुर जिल्लामा हुने तस्करी, भ्रष्टचारी कालो बजारी अन्त्यका लागि सबैसँग समन्यव गरेर काम गर्ने प्रतिबद्धता समेत गरेका छन् ।



सम्बन्धित
Loading...