एक वर्षमै २६ सय मोतियाबिन्दुका बिरामी




पश्चिम नवलपरासीमा एक वर्षमा २६ सय मोतियाबिन्दुको विरामी भेटिएका छन् । डाक्टर विनोद निता कण्डेल आँखा अस्पताल परासीको तथ्यांक अनुुुसार आर्थिक वर्ष २०७५।७६ मा २६ सय फेला परेको छन् । आर्थिक वर्ष २०७४।७५मा भने २२ सय ६१ फेला परेको अस्पतालले जानकारी गराएको छ । पछिल्लो समय मोतियाबिन्दुको बिरामी वर्षनी बढ्दै गएको अस्पतालका व्यवस्थापक तुलसीप्रसाद पराजुलीले बताए ।
आर्थिक वर्ष २०७४।७५को तुलनामा आर्थिक वर्ष २०७५।७६मा जिल्लामा मोतियाविन्दुका बिरामी १२ दशमलव ५ प्रतिशतले वृद्धि भएको पराजुलीले बताए । त्यस्तै समग्र आँखाका बिरामी ८ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।

सामान्य रुपमा मोतियाविन्दुका रोगीका सङख्या बढ्नु स्वभाविक भएपनि यो वृद्धिदर भने अस्वभाविक भएको पराजुलीले बताए ।



सम्बन्धित
Loading...