दिल्लीमा पुन केजरीवाल मुख्यमन्त्री

दिल्ली विधानसभा चुनाव २०२० मा आम आद्मी पार्टी आपले विजय हाँसिल गरेको छ । जितसँगै दिल्लीमा फेरि आम आदमी पार्टीको सरकार बन्ने भएको छ।
मंगलबार साँझसम्म ५८ स्थानको परिणाम सार्वजनिक हुँदासम्म आपले ५२ र भाजपाले ६ स्थानमा जित हासिल गरेका छन् ।
आपले स्पष्ट बहुमत पक्का भएकाले दिल्लीमा पुन केजरीवाल मुख्यमन्त्री बन्ने भएका छन् । ७० स्थानमध्ये ६२ सिट आम आदमी पार्टीको पोल्टामा पर्ने भएको छ।