नवलपुरमा शान्ति सुरक्षाका कायम राख्ने नयाँ एसपीको प्रतिबद्धता


  • पार्वती पाण्डे –



कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरमा नयाँ आएका एसपी प्रहरी प्रमुख दिपक रेग्मीले विहिबार पत्रकारहरुसंग भेटघाट गरेका छन् । उनले विहीबार नै नवलपुरका अन्य सरोकारवालाहरुसँग छलफल समेत गरेका थिए ।
पत्रकारहरुसँगको भेटघाटका क्रममा रेग्मीले नवलपुर जिल्लामा सुरक्षा मजबुध गराउन प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले त्यसका लागि सबै जिल्लाबासीको सहयोग र साथको आवश्यकता रहेकोमा जोड दिए ।
उनले पत्रकारहरु विना वर्दीको प्रहरी भन्दै समाजमा हुने विकृति विसंगति रोक्नका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।
उनले सूचनाहरु सक्दो छिटो सञ्चारकर्मीहरुको पहुँचसम्म पुर्याउने प्रतिबद्धता पनि गरे ।



सम्बन्धित
Loading...