सहिदको सम्झना (कविता)
- दीपक सोती –

हामीले हिड्ने बाटोमा वीर सहिदको छ रक्त
भन त मेरा नेपालीको छ अर्को देश भक्त
अन्यायका बिरुद्घ सपुतहरु गर्जिए
मेचिकालीको मायामा वीरले ज्यान अर्पिए
वाटामा रंग टेक्दा त उनको रगत बसाउछ
सहिद सम्मान गर्दा त आँसुको मूल रसाउछ
क्रान्तीको दियो वालेर वाघको राज हटाए
हामीले विश्वास गरियो स्वतन्त्र राष्ट्र बनाए
ईच्छाएको नेपाल अझै बन्न सकेन
सहिदको आँकक्षा अझै पूर्ण भएन
बिकास गर्न बाँकी छ अधुरा छन् अझै
निर्माण ढ·ले अर्थतन्त्र भन्ने गर्छन् मेरै
भ्रष्टाचार घुस खोरी पहाड जस्तै चुलियो
अन्याय उस्तै चुलिदाँ भन्दछन् कति मरियो
अझै उस्तै चाकडी चुक्ली पनि उस्तै छ
विधिको शासन चलेन हत्याहिंसा उस्तै छ
सुसासन चाहेर लडेका प्यारा सहिद
संम्बृद्घ नेपाल चाहना गरेका पनि सहिद
नेपाली राष्ट्र ब्यूझाउ भन्दछन् सधैं सहिद
मुटुमा सधैं बाँचेर अमर हुनछन् सहिद