कावासोतीमा गैडा आतंक, आक्रमण परी एक जना गम्भीर घाइते


  • शोभा जि.सी. –


कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ र १५ वडामा गैडा आतंक छाएको छ । शुक्रबार विहानैदेखि गाउँमा ३ वटा गैडा पसे पछि गाउँमा गैडाबाट आतंक मच्चिएको स्थानीयले बताए ।




गुद्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोका अनुसार कावासोती १५ गोडारको आवास भन्ने स्थान गैडाको आक्रमणबाट स्थानीय ७५ बर्षीय गोपाल परियार घाइते भएका छन् ।
उनको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि भरतपुर पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।
उनलाई शुत्रबार विहान पौन ११ बजेतिर आँगनमा बसिरहेको बेलामा गैडाले आक्रमण गरेको हो ।
सामुदायिक वनका अध्यक्ष महतोका अनुसार निकुञ्ज र वनका कर्मचारीहरुले गैडाको खोजी गरी गैडालाई जंगलतर्फ पठाउने प्रयासमा जुटेका छन् ।



सम्बन्धित
Loading...