ट्यांकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० पुग्यो




पेरुको लिमामा गत महिना भएको ग्यास ट्यांकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २३ जनवरीमा करिब १० हजार लिटर एलपीजी ग्यास बोकेको ट्यांकर विस्फोट भएको थियो । सुरुमा २ जना मात्र दुर्घटनामा मारिएका र ५० जना घाइते भएका थिए, तर अधिकांश व्यक्तिका शरीर जलेका कारण मृत्यु हुनेको संख्या बढेको मन्त्रालयले जनाएको छ ।




तीव्र गतिमा दौडेको ट्यांकर सडकका खाल्डाखुल्डीमा परेर ग्यांस चुहिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । विस्फोटबाट भिल्ला एल साल्भाडोर जिल्लाका सडक किनाराका धेरैवटा घर र सवारी साधनमा क्षति पुगेको थियो ।

सरकारी वकिलहरूले ट्यांकरचालक ७४ वर्षीय लुइस गुजमानमाथि कारबाही चलाउन मुद्दा दर्ता गरिसकेका छन् ।



सम्बन्धित
Loading...