नवलपुरमा वार्षिक ५२ करोडको माछा उत्पादन




फागुन ४ । नवलपुरमा माछा उत्पादनमा बृद्धि भएको छ । भौगोलिक हिसावले नवलपुरमा माछा पालनका लागि उत्तम क्षेत्र मानिएको कारण पनि अहिले नवलपुरमा माछा उत्पादनमा बृद्धि भएको जनाइएको छ ।

नेपाल मत्स्य व्यवशायि संघका केन्द्रिय सहसचिव इन्द्रमणि भुसालका अनुसार नवलपुरमा वार्षिक ५२ कारोडको माछा उत्पादन हुने गरेको बताए । माछा पालनका लागि अरु जिल्लामा भन्दा नवलपुरमा सरल भएको कारण यहाँ माछा पालन गर्नेको संख्या बृद्धि भएको र माछा उत्पादनमा पनि ह्रास नआएको हुदा जिल्लामा वार्षिक ५२ करोड बराबरको माछा उत्पादन हुदै आएको बताए । ‘नवलपुरमा पानीको पर्याप्तता, दाना उत्पादन र खरिदका लागि सहज छ, त्यसैले अहिले नवलपुरमा माछा उत्पादन बृद्धि हुने अवस्थामा छ’ सहसचिव भुषालले बताए ।




माछा पालनका लागि गण्डकी प्रदेश अन्तरगत सबै भन्दा बढि माछा उत्पादन हुने जिल्ला नवलपुर रहेको बताए । नवलपुरको देवचुली १३, कावासोतीको अमलटारी र पिठौली माछा उत्पादनका लागि अब्बल क्षेत्रको रुपमा रहेको समेत भुषालले बताए । नवलपुर भरि करिव ५ सय विघा क्षेत्रफलमा माछा पालन हुदै आएको छ ।



सम्बन्धित
Loading...