बालकको शव पोष्टमार्टमका लागि गाडेको ठाउँबाट झिकियो


  • गोपी ज्ञवाली –


नवलपरासी, ६ फागुन । पश्चिम नवलपरासीको परासीमा एक जना बालकको शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले बालकको शव गाडेको स्थानबाट झिकेर पोष्टमार्टमका लागि काठमाडौं पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बालकको मृत्यु शंकास्पद भएपछि बालकको शव पोष्टमार्टका लागि काठमाडौंको टिचिङ्ग अस्पतालमा पठाएको जनाए ।
नवलपरासीको सदरमुकाम परासी स्थित रामग्राम इंलिस बोडिङ स्कुलमा कक्षा १ मा अध्यनरत ९ बर्षीय बालक विवेक पासवानको शव प्रहरीले पोष्टमार्टमका लागि पठाएको छ ।
शुक्रवार विहान स्वस्थ्य रुपमा विद्यालय आएका बालक पासवान एक्कासी विरामी परेको भन्दै उपचारका लागि पृथ्वी चन्द्र अस्पताल लगिएको थियो ।
विद्यालयले विद्यार्थी पहिला देखि नै विरामी रहेको जनाउँदै आएको छ भने बालकका आफन्तले भने विद्यार्थीको कुटपिटबाट निधन भएको जनाएका छन् । बालकका पिता बैजनाथ पासीले बालकको विद्यालयमा कुटपिटबाट घाइते भएको दावीको गरेका छन् ।
बालकको उपचारको लागि शुरुमा जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल लगिएको भए पनि उक्त अस्पतालले उपचार नसक्दै भन्दै अनेत्र रिफर गरेको थियो । बालकलाई त्यस पछि उपचारको लागि भैरहवा र भैरहवाबाट चिवतन मेडिकल कलेज पठाइएको थियो ।
बालकको आइतबार राति मृत्यु भएको हो । बालकका पिता बैजनाथ पासीले कक्षा एकमा पढाउने क्रममा शिक्षीका प्रतिमा रजकले विवेक पासवानलाई गत शुक्रवार हातमा पिट्न खोल्दा गल्तीले टाउकोमा लागेको र पिटाई पछि बालकले कक्षाकोठामा नै उल्टी गरेका बताए ।
विहान विद्यालय आउँदा स्वस्थ रहेको विद्यार्थी एक्कासी विरामी परेको भन्दै उपचारको लागि अस्पताल पठाएकोमा बालकको उपचारको क्रममा निधन भएपछि सोमबार स्थानीयले परासीमा प्रर्दशन गरेका थिए । प्रदर्शन पछि प्रहरीले बालकको घटना स्पष्ट छानविनका लागि बालकको शव झिकेर पोष्टमार्टम लागि पठाएको बताए ।
पृथ्वी चन्द्र अस्पतालका डा. नुरुल होदाले बालकलाई कुटपिटकै कारण घाइते भएको देखिएको र आफूले बालकको थप उपचार आवश्यक देखेकोले अनेत्र रिफर गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले घटनाको अनुसन्धान भईरहेको र केही दिनमा पोष्टमार्टम रिपोर्ट आएपछि थप घटनाको बारेमा भन्न सकिने बताए । उनले भने बाहिरबाट हेर्दा शरिरमा चोटपटक देखिदैन ।
विद्यालय प्रशासनले भने बालक पहिला देखी ने विरामी भएको र कक्षाका पढाउने क्रममा बालकले उल्टी (बोमिट) गरे पछि बालकलाई उपचारका लागि आफन्तको जिम्मा लगाइएको थियो । पछि आफनै कारणले बालकको मृत्यु भएको रामग्राम ईंगलीस बोडिङ स्कुलका प्रधानाचार्य राधेरमण पाण्डेले बताए ।
आईतवार मृत्यु भएको बालकको शव पोस्तमार्टम (शव परिक्षण) नगरी खोला किनारामा लगि गाडीएको थियो भने पछि आईतवार प्रहरीले पुन लाश निकाली शव परिक्षणका लागि काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शिक्षकको पिटाईले बालकको मृत्यृ भएको हो वा अन्य कारणले भन्ने विषयमा प्रहरीले कक्षा कोठामा लगाईएको सिसी क्यामराको फुटेज नियन्त्रणमा लिएको र शव परिक्षणका लागि काठमाण्डौ पठाईनुका साथै अन्य प्रमाण समेत प्रहरीले संकलन गरि अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीषक लालमणी आचार्यले बताए ।



सम्बन्धित
Loading...