हुप्सेकोटको ताला खुल्यो


  • शोभा जि.सी. –



कावासोती । सवारी दुर्घटनाका विषयलाई लिएर हुप्सेकोटमा लागेको ताला खुलेको छ ।
हुप्सेकोट गाउँपालिकाका प्रशासन शाखाका अधिकृत शिव सुवेदीले गाडी चलाउन सिक्ने क्रममा एक जनाको निधन र चार जना घाइते हुने गरी दुर्घटना गराएपछि उनी फरार भएको थिए ।
फरार भएका उनलाई गैडाकोट प्रहरीले आइतबार विहान नियन्त्रणमा लिए पछि हुप्सेकोट गाउँपालिकामा लागेको ताला खुलेको हो ।
स्थानीयले दोषीलाई कारवाही पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च माग गर्दै तालाबन्दी गरिदिएका थिए ।
नवलपुर प्रहरीका अनुसार पर्वतको कुस्मा ९ घर भई हाल नवलपरासीको गैडकोट १ शिव सुवेदीलाई आइतबार विहान गैडाकोट २ स्थित सडक खण्डमा पक्राउ गरेको जनाएको छ ।
हुप्सेकोटमा सरकारी गाडी लिएर सिक्ने क्रममा दुर्घटना गराएर उनी फरार भएका थिए ।
माघ ७ गते उनले चलाएको ग १ झ ३८९ नम्बरको हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट ४ बर्षीय बालक दीप गाहाको निधन भएको थियो । दुर्घटनामा अन्य ४ जना घाईते भएका थिए ।
प्रशासन शाखाका अधिकृत शिव सुवेदीसँग सवारी चालक अनुमति पत्र (लाईसेन्स) नभएका कारण फरार भएको थिए ।
अधिकृत फरार भएका कारण हुप्सेकोटमा पछिल्लो समय व्यापक तनाब बढेको छ । उनलाई सवारी ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...