कर्णाली नदीमा जीप खस्याे, चालक बेपत्ता
कर्णाली करिडोर अन्तर्गत नरहरीनाथ गाउँपालिका १ जितेगडा नजिकै सडकबाट कर्णाली नदीमा जीप खसेको छ । रासकोटबाट जितेगडा यात्रु बोकेर फर्किएको लु १ ज ४१४१ नम्बरको जीप कर्णालीमा खस्दा चालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली करिडोरमा संचालन हुने उक्त जीप जितेगडाको पुल पारी यात्रुलाई झारेर फर्किने क्रममा दुर्घटना भएको हो।
बेपत्ता जीप चालक दैलेख गुराँस गाउँपालिका ४ का चक्रबहादुर खड्का रहेका छन् । हाल उनको खोजी भइरहेको छ ।