मासु मुल्यमा नवलपुरका उपभोक्त ठगिदै


देवचुली नगरपालिका भित्र संञ्चालनमा रहेका मासु पसलेहरु आफु खुशी मुल्य बृद्धि गराउदै आएका छन । नगर भित्र रहेका मासु पसलहरुमा पसलै पिच्छे फरकफरक मुल्य हुदा उपभोक्ता ठगिन पुगेका छन । नगर भित्र रहेका मुख्य बजारहरु अन्तरगत रजहर, दुम्कौली, केउरेनी,दलदले र प्रगतिनगरमा खशीको मासुको मुल्य सोध्ने हो भने पसलै पछिच्छे फरफर मुल्य रहेको पाइन्छ । एउटा पसलमा प्रतिकेजी ९ सय रुपैयामा विक्रि भइ रहेको मासु अर्को पसलमा ९ सय ५० देखि १ हजार सम्म भन्न पछि परेका छैनन् ।



यसको अनुगमन गर्नुपर्ने मुख्य जिम्मा स्थानिय तहलाई भए पनि स्थानिय तह भने यो विषयमा बेखबर रहेको छ । उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य बस्तु वा सेवाको गुणस्तर , परिमाण एवं मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्न, बस्तु वा सेवाको उत्पादन स्थल वा भन्सार विन्दु, ढुवानी मार्ग, भण्डारण तथा सञ्चय स्थल, थोक तथा खुद्रा विक्रि स्थल र उपभोग स्थल लगाएतका ठाँउहरुमा बस्तु वा सेवा प्रदायक वा बिक्रेताको व्यवसायीक कारोबारको दर्ता, नविकरण , आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापन, लगाएतका व्यापारिक क्रियाकलापको नियमन गर्न तथा प्रभावकारी बजार अनुगमन गर्न आवश्यक स्थानिय तहमा देखिए पनि यसो हुन सकि रहेको छैन ।

यता देवचुली नगरालिकामा गठन भएको उपभोक्ता हित समितिले भने अहिले सम्म बजार अनुगमन नगरेको बताएको छ । उपभोक्ता हित समितिकी संयोजक पार्वता तिवारीका अनुसार बजारमा मुल्य बृद्धि बढेको स्वीकार गर्दै अनुगमनका लागि आवस्यक पर्ने प्रविधि र टोलि नहुदाँ बजार अनुगमन गर्न नसकेको बताइन । ‘पसलै पिच्छे मुल्य बढि छ, तर के गर्नु अनुगमनका लागि प्रविधिक र दक्ष व्यक्ति आवस्यक पर्छ त्यस्ता व्यक्ति नहुदाँ अनुगमन गर्न सकिएको छैन’ संयोजक तिवारीले बताइन ।




यता उपभोक्ता भने सधै ठगिन बाध्य बनेका छन । प्रविधि र दक्ष जनशक्ति अनुगमनमा नआई अनुगन नहुने हुदा अझै उपभोक्त ठगिन बाध्य बन्ने छन ।



सम्बन्धित
Loading...