ब्राजिलमा पनि देखियो कोरोनाभाइरस




चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण ब्राजिलमा समेत देखा परेको छ। आफ्नो ६१ वर्षिय नागरिकलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी गराएको हो।

संक्रमित व्यक्ति यहीँ महिना कामको सिलसिलामा १४ दिन इटालीमा बसेर ब्राजिल फर्केका थिए। बुधबारसम्म इटालीमा मात्र कोरोनाभाइरसका कारण ११ जनाको मृत्यु भएको छ भने ३ सय ५० जना संक्रमित छन्।




स्वास्थ्य मन्त्री लुइज हेनरिक म्यानडेटाले पत्रकार सम्मेलनमा सरकारको ध्यान अब यसले कस्तो रुप लिन्छ भन्नेमा केन्द्रित भएको बताए।

योसँगै दक्षिण अमेरिकामा समेत कोरोनाभाइरसको पहिलो संक्रमण देखिएको छ। यसअघि यूरोप, मध्यपूर्व र एसियामा देखा परेपनि दक्षिण अमेरिकी राष्ट्रमा कोरोनाभाइरस प्रवेश गरेको थिएन।

चीनबाहेक कोरोनाभाइरसको संक्रमण दक्षिण कोरिया, इटाली र मध्यपूर्वमा इरानमा जटिल बन्दै गएको छ। दक्षिण कोरियामा मात्र बुधबार सम्म ११ जनाको मृत्यु भएको छ भने ११ सय मानिस संक्रमित छन्।



सम्बन्धित
Loading...