कोरोना भाइरस : २,७९१ जनाको मृत्यु, ८३,६५० जनालाई सङ्क्रमण


नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २,७९१ रहेको छ । अहिलेसम्म ८३,६५० जनालाई सङ्क्रमण भएको छ ।




चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणबाट इरानमा २१० जनाको मृत्यु भएको छ ।ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित हुने अधिकांश राजधानी तेहरान र इरानको कोरोना इपिसेन्टर भएको सहर कोमका छन् । इरानले भने अहिलेसम्म आधिकारिक रुपमा कोरोना भाइरसका कारण मात्रै ३४ जनाको मात्र मृत्यु भएको बताइरहेको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले मृत्यु हुनेको संख्याका विषयमा भ्रम फैलाइएको आरोप लगाएका छन् । यसअघि इरानका सांसदले पनि सरकारले कोरोनाबाट मृत्यु हुनेको संख्या लुकाएको र गलत सूचना बाहिर ल्याएको बताएका थिए ।बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा पहिलोपटक सङ्क्रमण देखिएको छ

जापानको समुद्र किनारमा भएको डायमन्ड प्रिन्स नामक जहाजमा सवार एक ब्रिटिश यात्रुको मृत्यु भएको छ ।दक्षिण कोरियाले शुक्रवार ५९४ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि गरेको छ ।

यो दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा ठूलो सङ्ख्याको सङ्क्रमण हो ।कोरिया सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार दक्षिण कोरियामा २,९३१ जना कोभिड-१९ का बिरामी छन् ।अहिलसम्म त्यहाँ १६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।







सम्बन्धित
Loading...